जाडो मौसममा फुस्रो छाला हुनेले पाँच कुरामा ध्यान दिनुहोस्



काठमाडौँ। पछिल्लो समय व्यस्त जीवन कै कारण आफ्नै लागि पनि समय निकाल्न गाह्रो हुन्छ। त्यसमाथि चिसो मौसममा अनुहारमा निस्कने विभिन्न खालका समस्याले झन् तनाव हुन्छ।

अनुहारको छालामा उमेरको कारण पनि विभिन्न समस्या देखापर्न सक्छ। छालासम्बन्धि चिकित्सकका अनुसार निम्न कुरामा ध्यान दिनुपर्छ।

यस्ता कुरामा ध्यान दिनुहोस्

१ नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन। यसले छालालाई सुक्खा तथा खस्रो बनाउँछ। जसले गर्दा उमेरको असर पनि छालामा तीव्र तरिकाले देखिन्छ।

२ चिसो मौसममा रुम हिटर तथा ड्रायरको प्रयोग धेरैले गर्छन्। यसको अधिक प्रयोग गर्नु हुँदैन। यसले पनि छालालाई सुक्खा बनाउँछ।

३् चिसो मौसममा मस्चराइजरको महत्व अझ बढी हुन्छ। छालाको मस्चराइज सही तरिकाले गर्नाले छालालाई नरम बनाइराख्न सहयोग पु¥याउँछ।

४ यो मौसममा घरबाहिर निस्किदा शरीरलाईल पूरै ढाक्ने न्यानो बनाउनुपर्छ। यसले शरीरलाई न्यानो बनाउनुका साथै चिसो हावालाई शरीरमा छिर्नबाट जोगाउँछ। चिसो हावाले छालालाई फुस्रो बनाउँछ।

५ आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ। पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सी युक्त परिकार सेवन गर्नुपर्छ। यस्तो परिकारले छालालाई नरम, सुन्दर तथा आकर्षक देखाउन मद्दत गर्छ।