प्रचण्डलाई लक्षित गर्दै पोखरामा शंकास्पद वस्तु बिस्फोट



पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै शंकास्पद वस्तु विस्फोट भएको छ।

नेकपाले आज प्रदर्शनी केन्द्र नयाँबजारमा बृहत आमसभाको आयोजना गरेको छ।

विभिन्न स्थलबाट नेता तथा कार्यकर्ता र्यारलीसहित आउने क्रम जारी छ। सोही क्रममा प्रदर्शनी केन्द्रको गेट नजिकै विस्फोट भएको हो।

प्रहरीले बम विस्फोट भएको हुन सक्ने आशंका गरेको छ। प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतम सम्बोधनका लागि उपस्थित छन्। विस्फोटबाट मानवीय क्षति भने भएको छैन।

तस्बिर: रश्मि आचार्य