नेकपा कालिकोटको सचिवालय समिति घोषणा



कालिकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटले सचिवालय सदस्यहरुको टुंगो लगाएको छ। गत आइतबार नेकपा कालिकोटले २१ जना पुर्व एमालेबाट र २४ जना पुर्वमाओवादीबाट समेटेर ४५ सदस्यीय जिल्ला सचिवालय समितिको घोषणा गरेको हो।

नेकपा कालिकोटका पार्टी सचिव नगेन्द्र शाही (नेस्नल) ले एकताका बाँकी विषयहरु टुंगो लगाउने काम भइरहेको बताए। उनले भने,‘एकताका बाँकी काम पनि क्रमिक रुपमा सकिदै जानेछन्। कार्यालय टिम निमार्णको काम पनि केही दिनमा टुंगो लाग्नेछ।’