प्रदेश अस्पतालले मेडिकल कलेजको स्वरूप लिन सक्ला ?



सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पातालाई मेडिकल कलेजको रूपमा विकास गरिने भएको छ। केही दिन अगाडि नव नियूक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रदेश अस्पताललाई सुर्खेत मेडिकल कलेजको रूपमा स्थापना गर्ने घोषणा गरेपछि कर्णालीबासीमा खुशी छाएको छ।

केन्द्र सरकारले हालै फेरबदल गरेको मन्त्री मण्डलमा कर्णाली प्रदेशबाट विभागिए मन्त्री नबनाए पनि राज्यमन्त्रीमा रावतलाई चयन गरेको छ। रावत राज्यमन्त्रीमा नियुक्त हुँदावित्तिकै सुर्खेत पुगेर आफ्नो महोत्वाकांक्षि योजना सुनाएका छन्। प्रदेश अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्न सकेको खण्डमा कर्णालीबासीले प्रत्यक्ष लाभ लिन सक्नेछन्।

केन्द्र सरकारबाट सुर्खेतमा प्रदेश स्तरीय मेडिकल कलेज स्थापनाका लागि डिपिआर गर्ने काम सुरू भई सकेको भन्दै त्यसैलाई निरन्तरता दिइने जानकारी दिए।

तस्बिर: दिपेन्द्र हमाल