डिसी। अमेरिकामा रहेका नेपाली संघरसंस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्।
नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन विरोध प्रदर्शन गर्ने तयारी भएको हो।
अमेरिकामा लामो समयदेखि बस्दै विभिन्न संघ-संस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरूले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली (टेली कन्फेरेन्स कल) को माध्यमद्वारा भारत विरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन्।
सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा पनि अमेरिकामा बस्ने नेपालीहरुले भारत विरुद्ध विरोध प्रदर्शन गरेका थिए। उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जस्लाई नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरूनामक नेपालीहरुको समूहले नेतृत्व गर्ने छ।