प्रतिष्ठानको अध्यक्षमा रमेश बिजि निर्वाचित


काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको सातौं कार्यकालका लागि रमशे बिजि अध्यक्ष पदमा निर्वाचित भएका छन्।

यहि मंसिर ६, ७ र ८ गते कास्कीको पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट बिजिले अर्का प्रतिष्पर्धी गायक सर्जक विष्णु खत्रीलाई झिनो मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन्। बिजिले पाँच सय ८४ मत पाएका छन् भने खत्रीले पाँचसय ४५ प्राप्त गरेका छन्।

त्यस्तै प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँण, महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चयन भएका छन्। त्यस्तै संस्थाको महासचिवमा सुवास केसी दोहोरिएका छन्।

उपमहासचिवमा शंकर बिसी र शिव हमाल निर्विरोध चयन भएका छन्। त्यस्तै सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर, सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध चलय भएकी छन्।

 

तस्बिर: भरत परियार