दिपेन्द्र हमाल, सुर्खेत। दक्षिण कोरियाको पहिलो कार्यकाल पुरा गरी दोस्रो कार्यकालको ८ महिनामै फर्किएका रबिन खत्री हाल सुर्खेतको एअरपोर्ट चोक (तिनकुने) नजिक नेपाटप ब्राण्डको युपिभिसी झ्यालढोकाको उद्योग सञ्चालन गरिरहेका छन्।
कोरियाको दुख बुझेका रबिन कोरियामा गर्ने दुख नेपालमै गर्दा आफ्नो र अन्य बेरोजगार यूवाहरूको हीत हुने देखेपछि कोरिया छोडेर नेपाल फर्किएका हुन्। रबिनले कर्णाली युपिभिसी उद्योग सञ्चालन गरी नेपाटपले उपलब्ध गराउने कच्चा पदार्थबाट युपिभिसीका झ्यालढोका निर्माणमा ७ जना युवाहरूलाई दैनिक रोजगार दिइरहेका छन्।
कोरियामा सिकेको सीपलाई सदुपयोग गर्दै उनले आफै मेसिन सञ्चालन गर्छन् । अन्य ३ जना युवाहरूलाई मेसिन अपरेटिङ तालिम दिएर मेसिन सञ्चालन गराएका छन् भने ३ जनालाई अहिले झ्यालढोका फिटिङको लागि फिल्डमा खटाएका छन्। भविष्यमा कम्तीमा १० जनालाई दैनिक रोजगार दिने उद्देश्य रहेको रबिन बताउँछन् ।
कर्णाली युपिभिसी उद्योगका सञ्चालक रबिन विदेशमा दुख गर्न जानुभन्दा नेपालमै आफ्नो तरिकाले आफूले चाहेको व्यवसाय गर्न युवाहरूलाई सुझाव दिने गर्छन् ।
आल्मुनियम झ्यालढोका बराबरको मूल्यमा आफूले युपिभिसी झ्यालढोका उपलब्ध गराउन सक्ने र कर्णाली प्रदेशका जिल्लाहरूमा नेपाटप ब्राण्डको युपिभिसी झ्यालढोका चाहिएमा आफ्नो मोबाइल नं. ९८५८०३४७८९ मा सम्पर्क गर्न अथवा उद्योगमा सम्पर्क गर्न रबिनले अनुरोध गरेका छन्।