कौरव खत्री,
बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले लोकतन्त्रको रक्षा गर्नका लागि कांग्रेसले चुनाव जित्नु पर्ने बताए। आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेस बडिगाड गाँउपालिका २ वडा कार्य समितिले दनियामा आयोजना गरेको चुनावी आमसभालाई संम्वोधन गदै नेता भण्डारीले यस्तो बताएका हुन्।
साथै पूर्व बन तथा बातावरण मन्त्री समेत रहेका नेता भण्डारीले नेपाली जनताको अधिकार र परिवर्तनका काँगे्रसको महत्वपूर्ण भूमिका रहेकोले आर्थिक समृद्धिसँगै काँगे्रसले देशका हरेक कार्यक्रमको शुरुवात काँग्रेसकै नेतृत्वमा भएको बताए।
साथै नेता भण्डारीले पछाडी परेका समुदायलाई माथी उठाउन राना समुदायबाट अध्यक्ष पदका उम्मेदवार डिल बहादुर रानालाई काँगे्रसले उम्मेदवार बनाएको हुदा जिताउन राना समुदायलाई आग्रह गरे। त्यस्तै उनले २००७ सालदेखि नै देश र जनताको विकास र परिवर्तनमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए।
साथै सोअी अवसरमा राष्ट्रिय सभा सदस्य धना खतिवडाले रुख विनाको जङ्गल र काँगे्रस विनाको देश विकास हुन नसक्ने भन्दै लोकतन्त्र बचाउनका निम्ति काँग्रेसलाई जिताउन आग्रह गरिन। त्यस्तै प्रतिनिधि सभा सदस्य ज्ञान कुमारी छन्त्यालले काँगे्रसका डिल बहादुर रानालाई जिताएर भान्से बनाउन आग्रह गरिन ।
साथै गण्डकी प्रदेशका सांसद मणिभद्र कंडेलले काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राना भएकोले सम्पूर्ण राना समुदायका लागि ठूलो अवसर प्राप्त भएकोले रानालाई भान्से बनाएर जिम्मेवारी दिन जनताहरुलाई आग्रह गरे। त्यस्तै नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र थापाले समाज परिवर्तनका लागि युवा पुस्ताले अवसर पाएकोले काँगे्रसलाई जिताउन सबैलाई अनुरोध गरे ।
त्यस्तै बडिगाड गाँउपालिका वडा नं. २ को उपनिर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डिल बहादुर रानाले आम मतदाता र शुभचिन्तक लगायत कार्यकतालाई राना समुदायले पाएको सुनौलो अवसरलाई सदुपयोग गरि आफूलाई विजयी बनाउन सबैलाई आग्रह गरे ।
साथै सोही चुनावी आमसभामा राष्ट्रिय दलित आयोगका पूर्व कार्यबहाक अध्यक्ष मंजीत ताम्राकार,गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे,नेपाली काँग्रेस गुल्मीका पार्टी सचिव विष्णुकुमारी सापकोटा, नेपाली काँग्रेस प्यूठानका पार्टी सचिव बिष्णु गिरी,नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य गण्डकी थापा, नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य फम बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए।
सोही अवसरमा पूर्व सहकारी तथा गरिवी पूर्व राज्यमन्त्री चम्फादेवी खड्का,बडिगाड गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन खरेल, सोही गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष मौसमकाजी क्षेत्री, गलकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वीरजङ भण्डारी, नेपाली काँगे्रस मुसिकोट नगर संयोजक शुर्दसन शाक्य,मुनपाका छाँया सरकार संयोजक भविलाल भण्डारी लगायत नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाली काँग्रेस बडिगाड गाँउपालिका २ का वडा सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको सभापतित्व तथा नेपाली काँग्रेस बडिगाड गाँउपालिका सह संयोजक कृष्ण गुरुङ्गको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने वडा सचिव होमनाथ खरेलले गरेका थिए ।




