पारिवारिक नीजि वन संघ, नेपाल कालिकोटको अध्यक्षमा बोहरा


कालिकोट। पारिवारिक नीजि वन संघ, नेपाल जिल्ला तदर्थ समिति कालिकोटको अध्यक्षमा प्रदिप बोहरा चयन भएका छन्।

शनिबार पारिवारिक निजि वन संघ, नेपाल जिल्ला तदर्थ समिति कालिकोटको अध्यक्षमा बोहरालाई निर्विरोध चयन गरिएको हो। अध्यक्ष बोहराको नेतृत्वमा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘चाँडै नै यसको अधिबेशनको तयारी गर्नेछु। बहुत चुनौतिका साथ यो जिम्मेवारी लिएको छु। सबैको साथको अपेक्षा राखेको छु। पारिवारिक नीजि वनका आधिकारिक व्यक्ती र संस्थालगाएत वातावरण संरक्षणमा विशेष जोड दिनेछौं।’