लथालिङ्ग देश, भताभुङ्ग राजनीति



धनिराम सिमखडा, 

अहिले मेरो देश अहिले सीमा अतिक्रमणको नाङ्गो हस्तक्षेपमा परेर नेपाल आमा रोईरहेकी छिन। नेपाली जनता भारतीय विस्तारवादको अतिक्रमणको विरोधमा दिनहुँ सडकमा विरोधका नारा लगाइरहेका छन्।

सरकार कुटनीतिक पहलको सट्टा प्रतिक्रिया दिन मात्र तल्लीन छ। सरकारलाई नेपाली सीमाना मिचिएको भन्दा पनि आफ्नो कुर्सी र पदलाई कसरी सुरक्षीत राख्ने भन्नेमा अहोरात्र खटिएको जस्तो देखिन्छ। भारतीयले सीमा मिच्दा सारा नेपालीको मन दुःख्छ। तर, केही अमुख नेतालाई सिमाना भन्दा नि प्रभु रिसाउनु हुन्छ कि भन्ने चिन्ताले चुसम्म बोल्ने हिक्मत छैन। यस्ता नेताहरुलाई नालायक भनिन्छ।

नेपाल पू्र्खाले आज्र्याको मुलुक हो। विशाल नेपाल पुर्व टिष्टा र पश्चिम काँगडासम्म फैलिएको थियो ! नालापानी मा नेपाली वीर गोर्खालीहरु नि सशस्त्र चारै प्रहर लडेर सुसज्जित फौज अंग्रेजलाई हराएका थिए। यस लडाइमा वीर बलभद्र कुँवरको अग्र पंक्तिमा नाम आउछ। त्यस्तै देउथलको लडाइँमा वीर भक्ती थाहा कालु पाँडे, इष्ट इन्डिया कम्पनी अंग्रेजसँग विरताका साथ लडेर नेपाल बचाएका हुन भने उत्तर भोटको लडाइँमा पनि नेपाली गोर्खाली बहादुरीका साथ लडेर नेपाल बचाएको इतिहास ताजै छ। अंग्रेजहरु नेपालको विभिन्न ठाउँसम्म आएर पराजित भएर गएको इतिहास साँछि छ। सिन्धुलिगढी, जितपुरगढी ,मकवानपुर गढीलगायत ठाँउ अंग्रेजविरुद्ध लडाई लडेको किल्ला हुन्।

नेपाल बाईसे र चौविसे राज्यमा विभक्त थियो। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानबाट सिङ्गो नेपाल एकीकरण भएको हो। नेपालमा राजा हुँदाहुँदै नेपालमा जंगबहादुर राणाको उदय भयो। राणाको उदयहुनु मा दरबारभित्रको खटपट र अन्तरविरोधको उपज हो। श्री ५ हरुलाई अधिकारविहीन बनाई श्री ३ जंगबहादुर राणा प्रधानमन्त्री भए अधिकार सबै आफ्नो हातमा लिए।

जंगबहादुर इष्ट ईन्डिया कम्पनी अंग्रेजको सबैभन्दा नजिक भए त्यही बेला नेपाली युवाहरूलाई गोर्खा भर्ती केन्द्रमा भर्ती गर्ने अंग्रेज सग सहमति गरे त्यो सहमति गरेबापत अंग्रेजले जंगबहादुर राणालाई कमिसन दिन थाले पछि हुँदै गर्दा १८१६ को सुगौली सन्धी गरे। सन्धिमा भनिएको छ, ‘नेपालका नदिनालाबाट बिद्धुत निकाल्नु परे, कलकारखाना खोल्नुपरे इष्ट इन्डिया कम्पनी अंग्रेजलाई सोध्नुपर्नेछ।’ जस्ता सहमतिमा हस्ताक्षर गरेर राणाहरु अंग्रेजको लोकप्रिय बन्दै गए पछि भारतमा अंग्रेज विरूद्धको आन्दोलन हुँदै गयो। अंग्रेज भाग्न थालेपछि अंग्रेजलाई राणाले सहयोग गरेबापत बक्सिस बाके, बर्दिया, कैलाली र कंचनपुर नेपाली भूमी फिर्ता गरेका हुन्।

देश धेरै भुमरी संकट पार गरेर यहाँसम्म आईपुगेको हो। जब नेपालमा राणा शासन अन्त्य भयो प्रजातन्त्र पुनःस्थापन भयो, त्यस बेला देखी राष्ट्रघात फेरि हुदै आएको छ। नेपाली कांग्रेस सत्तामा हुँदा मातृका प्रसाद कोइरालाले किन कोशी भारतलाई बेचे ? गण्डक किन बेचियो ? आफुलाई कम्युनिस्ट भन्न रूचाउने तत्कालिन नेकपा एमालेले किन एकीकृत महाकाली सन्धी गर्यो? राष्ट्रघातको कलंकको टीका त एमालेले लगाई सकेको हो। त्यही बिबादास्पद महाकाली सम्धीका कारण एमाले पार्टी फुटेको हो।

अझ चर्को क्रान्तिकारी सच्चा कम्युनिस्ट नेकपा (माओवादी ) दश वर्षे जनयुद्ध गर्दा राष्ट्रियताको खुब दुवाई दिने गर्थ्यो अझ नेपाल भारत सिमानामा सुरूङ खनेर भारतीय बिस्तारवाद विरुद्ध सुरुङ्ग युद्धको घोषणा गरेकै हो। आज कहाँ गयो त्यो राष्ट्रियता ? कहाँ गयो बिस्तारवाद ? लज्जास्पद निरिह हुनु थियो भने किन भारतीय विस्तारवाद को विरोध ? प्रभुको मर्जी अनुसार नेपालको सत्ता चलाउने राणा, राजा, कांग्रेस भन्दा नि हुतियारा भएर नक्कली कम्युनिस्ट आएको देखियो।

पश्चिम सेति, अपर कर्णाली, अरुण ३,बिप्पा सम्झौता, कोशी उच्च बाध, फास्ट ट्याक, एयर मार्शलदेखी कालापानी, लिपुलेक र लिम्पायुधुरा भारतले कब्जा गर्दा नेपाली प्रधानमन्त्री मन्त्रीहरू पार्टी अध्यक्ष र सचिवलयहरु मन्त्री परिषद पुनर्गठन पार्टीको कार्यकारी अध्यक्षको बन्ने बनाउने बेला होइन। यो बेला भारतसँग कुटनैतिक र राजनीतिक पहलबाट आफ्नो देशको भूभाग नेपाल सरकारले फिर्ता लिनुपर्ने हो। यसबाट समाधान हुन्न भने संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय अदालत धाउनु पर्छ ? त्यो तागत इतिहासको निरिह नालायक केपी-प्रचण्ड सरकारसँग छैन।

देश तात्यो जनता सडकमा आए ‘गो ब्याक इन्डिया’ को नारा लाउँदा कठपुतली नेपाली अनुहारका भारतीय नुनको सोझो गर्ने सरकारले पुलिस प्रशासन लगाएर लाठीचार्ज गर्दै जेल पठाएका छन्। यदि नेपाली सरकार छ भने आफ्नो देशको सिमा रक्षा गर्न नेपाली सेना सिमानामा तैनाथ गर्नुपर्छ सिमानामा काडेतार लगाउनुपर्छ। सिमानामा बस्ने नेपाली दाजुभाई दिदीबहिनीको सुरक्षा गर्नुपर्छ अनि पो नेपाल सरकारको नेपाली हरुले अनुभुति गर्छन्।

राजनीति भनेको जनतालाई सुखि र समृद्ध बनाउने, देशको प्रगति विकास र सुशासन कायम गर्न गरिने संस्कारलाई राजनीति भनिन्छ। खास बहुदलपछि नेपालमा राजनीति फस्टाएको मानिन्छ ! नेपालको राजनीतिको चरीत्र बेइमानी र बदमासी बाहेक केहि छैन। राजनीति के का लागि गर्ने ? नेता बन्न मन्त्री बन्न र धन कमाउन राजनीति गर्ने राजनीति त निस्वार्थ भावनाले भरिएको हुनुपर्छ लोभ लाल्चा हुनुहुदैन जनता र देशका लागी समर्पित गर्ने हो।

पश्चिमा बुर्जुवा संसदीय व्यवस्थाको उच्च रुप दलाल नोकरशाही पुजीवादी संसदीय व्यवस्था नेपालको सन्दर्भमा चलिरहेको छ। पार्टी कम्युनिस्ट व्यवस्था समाजवादी भन्ने गरिएको छ। ठिक विपरीत कम्युनिस्ट नभएर दलाल पुजीवादी समाजवादी नभएर दलाल सामाजिक फासिवादी व्यवस्था संचालनमा रहेको देखिन्छ। जनताको हेराई बुझाईमा कम्युनिस्ट हौ भन्ने भ्रम फैलाएर उल्लु बनाउने काम अहिलेको राजनीतिले गरिरहेको छ।

कम्युनिस्ट एक आदर्श हुन्। कम्युनिस्ट जनताको सेवक हुन्। कसैको अन्याय सहेर बस्दैनन्। लगनशील र कर्मठ हुन्छन्। तर, नेपालका कम्युनिस्ट आदर्श होइन पतित भैइसके। नेताका मालिक हुन्, कर्मठ मिहिनेतीभन्दा पनि लुटपाट कमिसन ठेक्कापट्टा कालोधनको गठजोड र निरस लम्पसार परजीवी सावित भएको अवस्था छ।

प्रगतिशील समाज निर्माण गर्न कम्युनिस्टको आदर्श समाजवाद साम्यवाद व्यवस्थाको स्थापना गर्नु हो। पुजीवाद र समाजवाद एकअर्कोको विरोधि र विपरीत तत्व हुन्। कम्युनिस्ट हुने दलाल पुजीवादी संसदीय व्यवस्था मान्ने, तर यहि पुजीवादबाट समाजवाद तिर जान्छौं भन्नु कति हास्यास्पद छ। समाजवाद र पुजीवाद दुई किनारा हुन कि त समाजवादले पुजीवादलाई जित्नुपर्छ समाजवादी व्यवस्था कायम रहन्छ। कि त पुजीवादले समाजवाद सिध्याउनुपर्छ पुजीवाद कायम रहन्छ। आजको विश्व दलाल पुजीवादको दवदवा कायम रहेको विश्व हो।

नेपालका कम्युनिस्ट अन्धराष्ट्रवाद, विसर्जनवादी, उग्र राष्ट्रवादी र आत्मसमर्पणवादी भएकै कारण नेपालमा वैदेशिक हस्तक्षेप दिनानु दिन बढ्दै गएको हो। यहि कम्युनिस्ट पार्टी र नेता कम्युनिस्टको निति आदर्श र कार्यदिशा विचारमा अडिग भएको भए देश बिकास हुनुका साथै जनता सुखी र सम्पन्न अनि राष्ट्रियता बलियो हुने थियो।

जसले भ्रष्टाचारको विरोध गर्छ, जसले राष्ट्रियता कमजोर भयो भन्दै वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलन गर्छ जसले दलाल संसदीय पुजीवादी व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवाद स्थापना गरौ भन्छ, जसले महंगी, गुण्डागर्दी, बलात्कारको विरुद्ध आवाज उठाउछ, त्यो पार्टी, शक्ति वा समुह जे भने पनि उसले गर्न पाउने राजनीति अधिकारबाट प्रतिबन्धित छ। आतंककारी देखिन्छ देशद्रोही देखिन्छ। कठै मेरो देश ? अनि राजनीति लथालिङ्ग देशको भताभुङ्ग राजनीति यसलाई भनिन्छ !