डेढ वर्षसम्म असहज महसुस भयो: प्रचण्ड


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले गरेको पछिल्लो निर्णयले दुवै अध्यक्षलाई कार्यकारी भएको फिलिङ आएको बताएका छन्।

कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा प्रचण्डले भनेका छन्, ‘गएको डेढ वर्षमा मचाहिँ कार्यकारीजस्तो थिइनाँ। मलाई ‘फिल’ पनि कार्यकारीजस्तो भएन। मलाई असहज जस्तो भएको थियो।’

उनले अगाडि भने,‘अब चाहिँ सहज भयो। दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो। अब मैले पार्टी बैठकको अध्यक्षता गर्छु, देशभरिको पार्टी संगठन सञ्चालन गर्छु। त्यो गर्दाखेरि कमरेड केपी ओलीको सहमति लिन्छु नै। हिजो उहाँ हुँदा पनि मेरो सहमतिबिना त गर्न मिल्दैनथ्यो।’