उपत्यकामा प्रदूषण: वर्षेनि जान्छ १० हजारको ज्यान



काठमाडाैँ। नागरिक दैनिकका अनुसार उपत्यकामा जाडोयामको सदावहार विशेषता हो–बढ्दो वायु पदूषण। यो समयमा जसरी ताक्रम घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन्।

राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा विगत दुर्व वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा प्रदूषण मापन स्टेसनले हावाको गुणस्तरको सूचकांक अर्थात एयर क्वालीटी इन्डेक्स मापन गर्दै आएका छन्। एक साताको तथ्यांकले उपत्यकाको वायु प्रषूषणको स्तर अस्वस्थकर रहेको देखाएको छ।

सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्यु दरमा वायु प्रदूषण पाँचौ कारक रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वािर्षक झन्डै १० हजार मानिसको मृत्यु हुन्छ।