पोखरा। लोकप्रिय गायिका पुर्णकला विसीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महिला सचिवमा उम्मेद्वारी घोषणा गरेकी छन्।
शुक्रबारदेखि कास्कीको पोखरामा सुरू भएको प्रतिष्ठानको सातौं केन्द्रीय महाधिवशेनमा उनले महिला सचिवमा उम्मेद्वारी दिने भएकी हुन्।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको अध्यक्ष तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यतामा सातौं महाधिवेशन सुरू भएको छ। महाधिवेशन ६, ७ र ८ गतेसम्म चल्ने आयोजक संस्थाले जानकारी दिएको छ।