कलाकारहरूको कुम्भमेला पोखरामा सुरू



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको सातौं महाधिवेशन पोखरामा सुरू भएको छ। पतिष्ठानका अध्यक्ष बद्री पंगेनीको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको प्रमुख आतिथ्यतामा उक्त महाधिवेशनको उद्घाटन गरिएको छ।

मंसिर ६, ७ र ८ गतेसम्म चल्ने प्रतिष्ठानको महाधिवेशनमा देशका प्रनिधि पोखरा पुगिसकेका छन्। प्रतष्ठिानको सातौं कार्यकालको अध्यक्ष पदका लागि सर्जक रमेश बिजि र गायक विष्णु खत्रीबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ।

तस्बिर: रेखा जोशी