अखिलका पूर्व नेता इन्द्रहाङ राई जेल चलान



काठमाडौँ। जर्बजस्ती करणीको मुद्दा खेपिरहेका अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई र्पुपक्षका लागि जेल चलान गरिएको छ। बिहिबार काठमाडौं जिल्ला अदालतले राईलाई र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्लाका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले राईलाई र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। राईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जर्बजस्ती करणीको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार मुद्दा दायर गरेको थियो।

राईमाथि तिहारको भैलो खेल्ने बहानामा कोठामा चिनेजानेको युवतीलाई बोलाएर बलात्कार गरेको अभियोग छ। राई पीडितको दिदीसँग पनि चिनजानमा रहेकोमा बहिनीलाई भैलो खेल्न बोलाएर जर्बजस्ती करणी गरेको अभियोग लागेको छ। घटनापछि पीडितले प्रहरीमा उजूरी दिएपछि बौद्ध प्रहरीले पक्राउ गरेको थियो।