दुई लाख २७ हजार मूल्यको आइफोन नेपाली बजारमा



काठमाडौँ। शुक्रबारबाट आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स नेपाली बजारमा आएको छ। आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले उक्त आइफोन सार्वजनिक गरेको हो। ६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ पर्छ।

१ सय २८ जिबीको १ लाख अठार हजार तीन सय छ। २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ। त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ। २ सय ५६ जिबीको १ लाख ८० हजार ९ सय रुपैयाँ पर्छ। २ सय ५६ जिबीको १ लाख ९६ हजार ६ सय पर्छ। पाँच सय १२ जिबीको मूल्य दुई लाख २७ हजार ४ सय रुपैयाँ पर्छ।