सिंहदरबारबाट ट्याक्सीमा घर फर्किए गोकर्ण विष्ट



काठमाण्डौँ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किएका छन्।

श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर घर फर्किएका हुन्।