नवनियुक्त मन्त्रीले लिए शपथग्रहण



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त छ जना मन्त्रीलाई शपथ गराएी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले ६ मन्त्रीलाई शपथ गराउँदा ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनालगायतको उपस्थित थियो।

बिहीबार बिहान सपथ लिने नवनियुक्त मन्त्रीहरूमा घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन्।