काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनःगठन गरेसँगै विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। खासगरी सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनःगठनमा नातावाद, कृपावादको नमूना प्रस्तुत गरेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा सरकारमा रहेर श्रम मन्त्री गोकर्ण बिष्टले राम्रै काम गरेको भन्दै उनको बचाउ गरिएको छ। विष्टमाथि गुटको डण्डा बजारिएको आरोप छ। बिष्टले बैदेशिक रोजगारलाई विशेष गरेर सुधार गर्न लागि परेका थिए भन्दै प्रसशा गरिएकाे छ।
त्यस्तै विष्टको पक्षमा उर्लिएको सामाजिक सञ्जालमा नेकपाका अध्यक्ष प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री विना मगरको कार्यसक्षमतामाथि प्रश्न गरेका छन्।
मन्त्री मगरले खासै राम्रो कामगर्न नसकेको भन्दै सामाजिक प्रयोगकर्ताहरूले नातावादको आधारमा उनलाई मन्त्रीबाट नहटाइएको आरोप लगाएका छन्। कतिले गोकर्ण फेल ? बिना पास ? भनेर प्रश्नसमेत गरेका छन्। नेकपाकै कार्यकर्ताले गोकर्णको बहिरगमनलाई राम्रो मानेको छैनन्।
गोकर्ण बिष्ट मन्त्री हुँदासम्म खासै चर्चामा आएनन्। छुरूस्तम तरिकाले काम गरेका बिष्टलाई मन्त्रीबाट हटाइएपछि भने उनको चर्चा भएको छ। कतिपयले त ‘मन्त्री हुनु त गोकर्ण जस्तो हुनु’सम्म भनेर प्रतिक्रिया दिएका छन्।