अब टुटल र पठाओले यात्री बोक्न नपाउने



काठमाडौँ। यातायात व्यवस्था विभागले निजी प्रायोजनका लागि दर्ता भएका रातो नम्बरप्लेटका सवारीले भाडामा यात्रु बोकेको पाइएमा कारबाही गर्ने भएको छ।

विभागले मंगलबार सूचना प्रकाशित गरी निजी सवारीलाई अन्य प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी भएको जानकारी गराउँदै कारबाही गर्ने बताएको हो। विभागको यस्तो सूचनाले निजी सवारीबाट भाडामा यात्रु बोक्दै आएका टुटुल र पठाओजस्ता कम्पनी प्रभावित हुने भएका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रोतो नम्बरप्लेटका सवारीमा भाडामा यात्रु बोक्नु गैरकानूनी हो। यो समाचार आजको आर्थिक अभियानमा छ।