अन्तत: प्रचण्ड बने सत्तारूढ नेकपाको कार्यकारी अध्यक्ष



काठमाडौँ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष बनेका छन्।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले पाँच वर्षसम्मको लागि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री हुने निर्णय गरेसँगै प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारीमा पुगेका हुन्।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ। बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ। आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ।’