काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन्। प्रधानमन्त्री एवं सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको आग्रहलाई उपसभामुखले अस्वीकार गरेकी छन्।
राजिनामा दिन लगाउने र त्यसपछि मन्त्री बनाउने प्रधानमन्त्रीको आश्वासनलाई तुम्बाहाम्फेले संसदमा सभामुख नभएको कारण देखाउँदै राजिनामा दिन अस्वीकार गरेको एक स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेलाई भेटेका थिए ।