पलाँता गाउँपालिकामा जापानीज झोला वितरण गरिने



कालिकोट। जिल्लाको पलाँता गाउपालिकाले विद्यार्थीलाई झोला वितरण गर्ने भएकाे छ। चार कक्षादेखि ८ कक्षासम्मका एक हजारभन्दा बढी झोला वितरण गिरने गापाका अध्यक्ष लक्ष्मण बम ‘पलाँतीकान्छा’ ले जानकारी दिए।

गापाका २४ वटा विद्यालयमा १.८७ तौलको जापानीज कम्पनिको झोला वितरण गर्न लागिएकाे हाे। उक्त झोला कम्तिमा १० वर्षसम्म प्रयोग गर्न मिल्ने छ। पलाँता गापाको पहल तथा रूपान्तरण नेपालको सहजिकरणमा जापानमा बस्ने नेपालीहरूको संस्था युमि नेपालले उक्त झोला उपलब्ध गरेको हो।

अध्यक्ष बमले कर्णाली सन्देशलाई भने, ‘गापाको विकासमा सहयोगी भूमिका खेलेको रुपान्तरण नेपालका अध्यक्ष महन कुमार शाहीले यसमा विशेष सहयोग गर्नु भएको छ। त्यस्तै कर्णाली प्रदेशका मुख्य मन्त्री ज्युको पनि साथ रहेको छ।’