काठमाडौँ। मन्त्रिपरिषद् हेरफेर गर्ने विषयका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
उक्त बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुधबार मन्त्रिपरिषद हेरफेर गर्ने तयारीमा रहेको बुझिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रीको टुंगो आजै लागे पनि सपत ग्रहणको काम भने सचिवालय बैठकपछि हुने छ। सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो। दुबै अध्यक्षले सचिवालय बैठकअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट समेत गरेका थिए।