मलाई गुनासो छैन सम्झिए पनि, बिर्सिए पनि



गजल

मलाई गुनासो छैन, सम्झिए पनि, बिर्सिए पनि
हजुर मुस्कुराइदिनुस् मेरो अस्तित्व मेटिए पनि

मेरो बनेनौ, कसैको बन्यौ, आखिर बन्नु थियो,
खुसि छु, तिम्रा हातले अरुकै शिर रङ्गिए पनि१

खुट्टा मात्रै अल्झिल्छ सोच्थेँ,तिमिमा पुगेर बुझेँ
दुर्घटनामा परिदो रहेछ नजर अल्झिए पनि ।

सम्बन्ध सकिन्छ,याद बर्षौ आउछ नौलो होइन,
थाहाछ भग्नावशेष युगौ हुन्छ घर भत्किए पनि

आउ त्यस्तो प्रेम गरौँ, दुनियाँ डाहाले जलोस्,
केही छैन इतिहासमा इतिहास झै नलेखिए पनि

ृविवाहको कार्ड दिनुस्,पार्टिमा निमन्त्रणा गर्नुस्
उ पनि उम्मेदवार हो, मतगणनामा बाहिरिए पनिे।

विमला पोखरेल