काठमाडौँ। चर्चित गायक तथा सर्जक शिरीष देवकोटाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको आगामी ७औं महाधिवेशनमा महासचिव पदको लागि उम्मेदारी दिने भएका छन्।
संस्थाको ७औं महाधिवेशन यहि मंसिर ६,७ र ८ गते कास्कीको पोखरामा सम्पन्न हुँदैछ। उक्त महाधिवेशनबाट प्रतिष्ठानले नयाँ नेतृत्व पाउँदैछ। गायक देवकोटाले समाजिक सञ्जालमा लेखेका छन्
‘जहाँ चिप्लिए त्यही खुट्टा टेक्ने मन
सब जनाको यही पदमा देख्ने मन।
नमस्कार सम्पूर्णलाई,
कलाकारितालाई जीवनको मूल पेशा मान्दै सङ्गीत क्षेत्रमा प्रवेश गरेको १७ वर्ष पुगेको छ। बाँकी सम्पूर्ण जीवन पनि लोकसंगीतमै समर्पण गर्ने चाहना छ। यही क्रममा कलाकारकै हक हितका लागि खुलेको संस्था रालोदो प्रतिष्ठानमा आवद्ध भएको पनि दशक नाघी सकेको छ।
उपत्यका समन्वय समिति हुँदै केन्द्रीय कार्यसमिति सदस्य अनि केन्द्रीय सचिवको भूमिका गर्विलो तरिकाले निर्वाह गरिसकेको छु।सबै संङ्गको सल्लाह र सुझाब पश्चात सातौँ महाधिवेशनमा आफूलाई महासचिव पदको उम्मेदवारको रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छु।
संस्थाका संस्थापक, पूर्व, निवर्तमान, वर्तमान अध्यक्ष सङ्गै सल्लाहकार ज्यूहरु, मानार्थ ज्यूहरु, प्रदेश समितिहरू, उपत्यका समन्वय समिति र मातहतका सबै समितिहरू, जिल्ला कार्यसमिति, अनि विदेश समितिहरू आजीवन सदस्य ज्यूहरु, महाधिवेशन प्रतिनिधि ज्यूहरु सङ्गै सम्पूर्णमा साथ, सहयोग र समर्थनको लागि आग्रह पनि गर्दछु। धन्यवाद।’