काठमाडौ। लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको ‘कहिले बोल्छ देश ?’ बोलको गीत बजारमा आएको छ। उक्त गीतमा गायक चलाउने र गायिका शान्ती श्री परियारको स्वर रहेको छ।
गीतको शब्द र संगीत लोकप्रिय गायक चलाउनेले र्सिजना गरेका छन्। गीतको माध्ययम मार्फत हत्या, हिँसा, बलात्कार, चोरी, डकैटी, घुस, लुटतन्त्रलाई खबरदारी गरिएको छ। देशभित्रको अत्यास लाग्दो नातावाद, कृपावादबाट आजित भएर विदेश जान बाध्य लाखौ नेपालीको जीवनमा आधारित गीत तयार पारिएको छ।
लोकप्रिय सर्जक हरी विष्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा गायक चलाउनेसँगै हिउँवाला गौतम र जुना गुरुङको अभिनय रहेको छ। गीतलाई गायक स्वयं चलाउनेको अफिसियल युट्युवमार्फत सार्वजनिक गरेका छन्।