‘संग्राहलमा हुनुपर्ने बस्तु डिस्कोमा भेटिदा हल्ला त हुन्छ नै’



काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी शाहले गत शनिबार राजधानीका ठमेल स्थित एक नाइट क्लब पुगेर सर्प्राइज दिएपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।

कतिले राजा सामान्य नागरिक बनेको प्रमाणका रुपमा लिएका छन्, भने कतिले ‘राजाआउ देश बचाउ’ भनेर सडकमा नारा लगाइरहेकाहरूलाई अन्धभक्तको संज्ञा दिएका छन्।

ज्ञानेन्द्र मात्रै नभएर केही समय पहिले पारश शाहले एउटी तरूनीलाई बोकेर हिडेका थिए। उनले भनेका थिए,‘हामी राजावादी होईनौं, हामी नेपाली हौं। यो वादी, उ वादी नभनौं।’ उक्त अभिव्यक्तिले पनि पूर्वराज परिवार समान्य नागरिक भएर जिन्दगी चलाउन चाहन्छ भन्ने बुझिन्छ।

तर, उनका समर्थकहरूका क्रियाकलाप भने सामान्य छैनन्। पूवराजाका सन्तानहरू हामी नेपाली हौं भन्छन्। तिनका समर्थक आफै राजा बन्न हिडेको जस्तो गर्छन्। लोकतान्त्रिक गणतन्त्रमा राजावादी होस् या अन्य कुनैवादीलाई नारा लगाउन छुट हुन्छ। तर, जनताले रोजेको शासनमाथि प्रहार हुने कुनै पनि कारण मान्य हुन सक्दैनन्।

यसै विषयलाई अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले व्यङ्ग्यत्मक रूपमा आफ्नो पतिक्रिया सार्वजजिक गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संग्रालयमा लाईन बसेर,टिकट काटेर अवलोकन गरिने बस्तु डिस्कोमै भेटिएपछि होहल्ला त हुन्छनै। चिडिया घरको गैडा रत्नपार्क आयो भने केही डर, केही रमाईलो, केही उत्सुकता, केही अनौठो सबै एकैसाथ भए जस्तै।’