विश्वकप छनौट: कुवेतसँग नेपाल १-० ले पराजित



काठमाडौँ। विश्वकप छनौट अन्तर्गत कुवेतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको छ। भुटानको थिम्पुमा मंगलबार नेपाल कुवेतसँग १-० गोल अन्तरले पराजित भएको हो। यही टीमसँग कुवेतमा नेपाल ७-० गोलको विशाल अन्तरले हारेको थियो।

कुवेतका बदर अल मतवाले २८औं मिनेटमा निर्णायक गोल गरे। यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ। चौथो स्थानमा रहेको नेपालको तीन अंक छ। तस्वीर सौजन्य गोविन्दराज नेपाल