नेकपाका नेता गम्भीरले पार्टी परित्याग


काठमाडौ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण धमला ‘गम्भीर’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

नेकपा ‘विप्लव’ को विभिन्न मोर्चामा कामगर्दै आएका गम्भीरले आज मंगलबार प्रेस विज्ञप्ति जारी गरी आफू स्वतन्त्र वामपन्थी भएको घोषणा गरेका छन्। विप्लवको पोलिट व्यूरो सदस्यको जिम्मेवारीसम्म पुगेका गम्भीर पछिल्लो केही समय निष्कृय जस्तै थिए।

२०३५ सालदेखि राजनीतिमा सकृय गम्भीर प्रचण्ड नेतृत्वको माओवादीमा हुँदा सुर्खेत जिल्ला इञ्चार्ज, भेरी-कर्णाली सदस्य तथा केन्द्रीय आयोजक समिति सदस्यको जिम्मेवारीमा समेत थिए।