नेपालद्वारा बंगलादेशसामु १३९ रनको लक्ष्य प्रस्तुत


काठमाडौं। इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ। ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो।

नेपालको सुरुवात औषत रहृयो। कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे। मल्ल १० रनमा आउट भए।

त्यसपछि नेपालले लगातार विकेट गुमायो र ८५ रन जोड्दा ८ विकेट विकेट गइसकेको थियो। तर, सोमपाल कामी र करण केसीले ५० रनको महत्वपूर्ण साझेदारी गरे । करण १८ रनमा आउट भए। सोमपाल ३८ रनमा आउट भएका थिए।