‘ढुङ्गाको मन’ बजारमा (भिडियोसहित)


काठमाडौँ। नेपाली गीतसंगीत पछिल्लो समयमा अलि कमै मात्रामा बजारमा आएका हुन् कि भन्ने दर्शक स्रोताको चासो गुनासो रहेको छ। गीतसंगीत जति बजारमा खस्किदै गए पनि बजारमा गीतसंगीत आउने क्रम भने जारि रहेको छ।

गीतसंगीत बिना हामी अधुरो र अपुरो रहन्छौं। तेही भएर गीत संगीतलाइ सुख दुःखको साथी पनि भन्ने गरिन्छ। कलाकार राष्ट्रका गहना हुन् सुख दुख मिलन बिछोड अनि उकाली ओराली जे गर्दा होस् सबैलाई साथ् दिन्छ।

नेपाली गीतसंगीतले पछिल्लो समय यता डिजिटल प्रबिधि नेपालमा भित्रिय पछि अहिले भिडियो अनि गीत युटुबमा मात्र राख्ने चलन आएको छ गीत चल्नुमा भिउज धेरै पायो भने गीत चलेको मानिन्छ। तर, पनि गीत चल्नुमा कसको हात हुन्छ ? त्यो भने दर्शको हातमा छोडि दिनुपर्छ।

अहिलेको बजारमा डिजिटल प्रबिधि युटुब मात्र छ। अब गीत अनि भिडियोले कति भिउज पाउछ त्यो भने हेर्न बाकीनै छ किन कि आजभोलि गीतसंगीत भिडियो चल्नुमा भिउजनै ठुलो हो त यो कुरा भने चौतर्फी प्रश्न उठेको छ।

गीत संगीत बजारमा आउने क्रममा फेरी अर्को गीत बजारमा आएको छ उषा मगरको स्वरमा रहेको गीत ‘ढुङ्गाको मन’ भिडियो सार्बजनिक गरिएको हो। ‘कलाकार नेपाल’ युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा उषा मगरको सुमधुर आवाज रहेको छ। गीतमा रेशम ओलीको शब्द अनि भिमसेन बिएमको संगीत रहेको छ।

भिडियोमा कथा र निर्देशन संगीत भिमसेन बिएमको रहेको छ। प्रकाश खड्काको छायांकन रहेको उक्त भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ। करिव एक दर्जन बढी म्युजिक भिडियो र केहि चलचित्रमा समेत अभिनय गरिसकेका मोडल केसी पछिल्लो समयमा त्यति म्युजिक भिडियोमा देखिएका थिएनन। उनी केहि दिन अगाडि सार्वजनिक उक्त नयाँ गीत मार्फत पुनः सक्रिय भएका छन।

गीतको अडियो जति सशक्त छ त्यति नै भिडियो पनि सशक्त बनेको छ। भिडियोमा दिपेन्द्रका अलवा उषा मगर र उत्सर्गजंग राईको पनि जीवन्त अभिनय रहेको छ।