काठमाडौँ। नेपाल तरूढादलका महासचिव भुपेन्द्रजंग शाहीले संगठनको महाधिवेशन गर्न मातृ पार्टी कांग्रेसलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसको भ्रातृ संगठन तरूणदलको तीन वर्षीय कार्यकाल सकिएको छ। अध्यक्ष्य, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी जम्मा चार जनाको नियन्त्रणमा रहेको तरूणदल पछिल्लो समय झनै् विवादको दलदलमा फँस्यो।
खासगरी संगठनका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंगल शाहीको बीचमा टकराव भयो। अध्यक्षले महासचिवलाई र महासचिवले अध्यक्षलाई संगठनबाट निलम्बनसमेत गरे। आज मंसिर २ गते सोमबार संगठनका महासचिव शाहीले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल तरूणदलको तीन वर्षे कार्यकाल हिजो मङ्सिर १ गतेबाट औपचारिक रूपमा समाप्त भएको छ। आजको दिनमा महाधिवेशन सम्पन्न गरेर नयाँ नेत्तृत्व चयन गरेर हस्तान्तरण गर्नु पर्नेमा ९५ सदस्यीय कार्य समिती बिस्तारसम्म हुने नसकेर कार्यकाल सकिँदासम्म ४ जनामै सिमित रह्यो।’
उनले अगाडि लेखेका छन्, ‘यी तीन वर्ष मैले महासचिवको रूपमा तरुण दललाई एक रचनात्मक, र्सिजनात्मक र वैचारिक ढंगबाट अगाडि बढाउँदै युवाहरूको आशा लाग्दो, भरपर्दो र सबै युवाको आक्रषणको केन्द्र बनाउने प्रयास गरे। तर, केही प्रयास सफल भए, केही असफल।जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, सातै प्रदेशमा प्रशिक्षण, सातै प्रदेशमा विरोध सभा जस्ता कार्यक्रमहरू सम्झन योग्य रहे भने कार्यकालको अन्तिममा मैले नचाहँदा नचाहँदै आन्तरिक द्वन्दले मन खिन्न बनायो।’
महासचिव शाहीले तरूणदललाई युवाहरूको भरोसा बनाउने सपना साकार नभएको स्वीकार गरेका छन्। उनले लेखेका छन्,‘तरूण दललाइ प्रभाबकारी बनाउन मैले बाराम्बार जोडबल गरे तर सम्भब भएन। देशमा बढ्दो भ्रष्टचार विरूद्ध ‘भ्रष्टाचार मुक्त नेपाल, सुशासन युक्त नेपाल’ अभियान, १० हजार युवालाइ स्वरोजगार बनाउन उद्यमशिल युवा र्सिजनशिल युवा अभियान, ‘एक घर, एक तरुण’ अभियान , कम्युनिस्ट अधिनायकवादका विरुद्ध एक लाख युवाले सिंहदरबार घेराउ, कार्यक्रमलगायत विभिन्न कार्यक्रमहरु मैले प्रस्ताव गरें। तर, दुर्भाग्य यी अभियानहरू संचालन हुन सकेनन्।’
उनले लेखेका छन्,‘मैले कार्यसमिति विस्तार, समयमै महाधिवेशन र तरुण दललाई एकताबद्ध बनाएर संगठनलाई सशक्त र मजबुत बनाउन सधै कोसिस गरें। तर, मेरो मात्र प्रयासले सम्भव भएन। अझै पनि पार्टी नेत्तृत्वलाइ मेरो अनुरोध छ, यथासिघ्र महाधिवेशनको मिति सार्वजनिक गरेर तत्काल नयाँ नेत्तृत्वलार्इ हस्तान्तरण गर्ने बातावरण तयार होस्।’
तीन वर्षे कार्यकालमा केही तिता, केही मिठा अनुभवहरु सङगाल्ने मौका पाइयो। काम गर्ने क्रममा केही कमि कमजोरी पक्कै रहे होलान्। यसबाट मैले थप सिक्ने मौका मिल्यो। अब झनैसचेत बन्नेछु। यो समयमा सहयोग गर्ने र असहयोग गर्ने सबैमा आभारसहित धन्यवाद व्यक्त गर्दछु। राजनीति निरन्तर यात्रा हो। म जुनसुकै चुनौती र अप्ठ्यारो परिस्थितिमा पनि कत्ती पनि बिचलित नभएर गन्तव्यमा निरन्तर अगाडि बढ्ने छु।’
महासचिव शाहीले आगामी दिनमा कांग्रेसलाई रूपान्तरण गर्न र जनताको पक्षमा काम गर्न लागिपर्ने बताएका छन्। उनले अन्तीममा लेखेका छन्,‘मेरो आगामी दिनको यात्रा अब सिधै पार्टीको संगठन निर्माण, आगामी महाधिवेशनमा कांग्रेसलाई बैचारिक बाटो मार्फत कांग्रेसलाई आमूल रुपान्तरणको लागि शुद्धिकरण र सुदृढीकरण अभियानमा जुट्ने छु। तरुण दलमा अल्मलिदा मेरो निर्वाचन क्षेत्र कालिकोटमा समय दिन सकेको थिएन। अब जिल्ला तिर पनि समय दिनेछु। साथै थन्किएका केही पुस्तकहरु पनि प्रकाशनको तयारीमा लाग्नेछु। बाँकी तपाहरूको सुझाव, सल्लाह र सहयोगको सधैं अपेक्षा गर्दछु। जय नेपाल!