नेविसंघको नारा ‘Go Back India-China’



काठमाडौ। छिमेकी देश भारत र चीनले नेपालको सीमा मिचेको भन्दै नेविसंघले गो ब्याक ईन्डिया-चाईनाको नारा लगाएको छ। भारतले कालापानी क्षेत्रको ३७२ वर्गकिलोमिटर र चीनले उत्तरमा ३६ वर्गकिलोमिटर नेपाली भूमी मिचेपछी देशभर प्रदर्शन भैरहेका छन्।आज नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेविसंघले माईती घरमा भारत-चीनसङ्गै नेपाल सरकाको समेत चर्को बिरोध गरेको छ।

नेविसंघ केन्द्रीय क्याम्पस किर्तिपुरकी सभापति सम्झना केसीले सीमा विवादबारे छिमेकी देश भारत र चीनसङ्ग कुटनीतिक पहल नचालेको भन्दै सरकारको खरो आलोचना गरिन्।

उनले भनिन्,’भारतीय सिमा अतिक्रमणको विरूद्धमा आजसम्म पनि कुनै कुटनैतिक पहल चाल्न नसक्ने दुई तिहाईको जनतामारा लम्पसारवादी सरकार कुन दुलोमा छिरेको छ?’

उनले अगाडि प्रश्न गरेकी छन्, ‘सरकार कानमा तेल हालेर कहाँ निदाएको छ ? सरकार एउटा कुरा कान खोलेर सुन, बरु मर्न तयार छौं,मातृ भूमिका निम्ति बलिदानी दिन तयार छौं। तर, कसैले पनि नेपालको एक इन्च भूमि मिचेको हामीलाई सह्य छैन।’