कांग्रेसका समानुपातिक उम्मेद्वार नेकपामा प्रवेश



कालिकोट। नेपाली कांग्रेस निटक दलित संघका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार रतन दर्जी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

गत कात्तिक ३० गते जिल्लाको नरहरीनाथ गापामा आयोजित कार्यकर्ता अगुवा भेलामा नेता दर्जीसहित अनिल शाही, दिनेश शाहीलाई नेकपा जिल्ला कमिटी  सचिव नगेन्द्र शाही (नेशनल) ले पार्टीमा स्वागत गरेका थिए।

सचिव शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नरहरीनाथ गाउँपालिका कमिटी ८ र ९ द्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।’

उनले अगाडि लेखेका छन्, ‘जसमा नेपाली कांग्रेसका समानुपातिकका उम्मेदवार तथा दलित संघका केन्द्रीय प्रतिनिधि रतन दर्जीका साथै नेपाली कांग्रेस समर्थक दिनेश शाही, अनिल शाही, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्नु भएको छ। नेकपामा उहाँहरूलाई हार्दिक स्वागत छ।’