नरहरीनाथ गापामा ३८२ खाने पानी धारा निमार्ण गरिने



कालिकोट। जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ९ मा ३८२ खाने पानी धारा निमार्ण गरिने भएको छ। गाउँपालिका र हेल्पटास नेपालको सहयोग तथा हुरूण्डेकको सहजीकरणमा उक्त धारा निमार्ण गरिने गापा अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिएका छन्।

अध्यक्ष विष्टका अनुसार दुई करोड ४० लाखमा उक्त खाने पानी आयोजना सम्पन्न हनेछ। एक करोड गाउँपालिका र एक करोड रुपैयाँ हेल्पटासले र्खिर्चने छ। ४० लाख रुपैयाँ बराबरको स्थानीयले श्रमदान गर्नेछन्।

गापाको वडा नम्बर ९ कै रानीरहडा मुहानको पानी ल्याईनेछ। गापा अध्यक्ष विष्टको अध्यक्षमा बसेको त्रिपक्षिय बैठकले वडाको बनघर, भाटगाउँ, गानेचौर र ठाटीकोटसम्म ३८२ धारा निमार्ण गर्ने सहमति गरेको छ। उल्लेखित स्थानका स्थानीयले खाने पानीको सस्या झेल्दै आएका थिए। उक्त आयोजनाबाट स्थानीय लाभाम्वित हुने गापाँको विश्वास छ।