प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सचिन तेन्दुल्कर



काठमाडौँ। भारतीय खेलाडी विश्व चर्चित क्रिकेटर खेलाडि सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरूसँग क्रिकेट खेलेका थिए।

आइतबार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका तेन्दुकर दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन्।

तेन्दुल्करले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालले गरेका प्रयासको सराहना गरे। सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। युनिसेफको सद्भावना दूताका रुपमा उनी नेपाल भ्रमणमा आएका हुन्।