शोभाको (झिमझिम मेरो परेली) सार्वजनिक



काठमाडौँ। लोकप्रिय सञ्चारकर्मी एवं कलाकार शोभा त्रिपाठीले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएकी छन्। गायिका त्रिपाठीले चर्चित गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका केन्द्रीय सचिव कृष्ण रेउलेको लय शब्द रहेको ‘झिमझिम मेरो परेली’ बोलको गीत बजारमा ल्याएकी हुन्। उक्त गीतमा  रेउले र त्रिपाठीको स्वर रहेको छ।

राजधानीको मारूनी स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीतसंयोजन केशव बडुले गरेका हुन्। कुमार रानाले अडियो सम्पादन गरेको गीतको म्युजिक भिडियोकाे निर्देशन प्रकाश भट्टले गरेका छन्।

विष्ण शर्माले गीतको म्युजिक भिडियो सम्पादन गरेका छन्। गायिका त्रिपाठी, गायक रेउलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ।