प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्ष



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ। क्रियाटिनिनको स्तर नियन्त्रित गर्न हेमोडायलसिस गरिएको हो।

६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौलाबीचमा राखिएको स्टेन्टसमेत शनिबार नै निकालिएको छ। अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो।

स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाइ नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो। अस्पतालमा प्रधानमन्त्रीको क्रिाटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट मिर्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका परिक्षण गरिएको थियो।