‘सीमा संरक्षणमा: युवाको भूमिका’ विषयक अन्तरक्रिया हुने


काठमाडौ। भारतीय हस्तक्षेप र सीमा संरक्षणका बारेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (आरआर) क्याम्पसको आयोजनामा आउँदो सोमबार ‘सीमा संरक्षणमा युवा-विद्यार्थीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको हो। आरआर स्ववियु सभापती तपेन्द्रजंग शाहीका अनुसार नेकपा (नेकपा)का प्रभावशाली नेता भीम रावल प्रमुख वक्ता रहने छन्।

त्यस्तै वक्ताहरूमा नेपाली काङ्ग्रेसका युव नेता चन्द्र भण्डारी, नेकपाका युवा नेता ठाकुर गैरे, सीमाविद हिरण्यलाल श्रेष्ठ, भूगोलविद प्रा.डा. हृदयलाल कोइराला र अनेरास्ववियूका संयोजक ऐन महर हुनेछन्।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको भूमी समावेश गरेका कारण नेपालमा भारत विरुद्ध आन्दोलन जारीछन्। यसै विषयलाई ध्यानमा राखेर उक्त कार्यक्रम गर्न लागिएको सभापति शाहीले कर्णाली सन्देशलाइ जानकारी दिएका छन्।