सीमा अतिक्रमण विरूद्ध साहित्यिक खबरदारी



  • दिपेन्द्र हमाल,

कोहलपुर। भारतले हालै आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको विरूद्धमा साहित्यकारले समेेत खबरदारी गरेका छन्।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, बाकेले आज शनिबार भारतीय सीमा अतिक्रमणका विरूद्ध कोहलपुरको चौराहामा साहित्यिक खबरदारी कार्यक्रम  सम्पन्न गरेको छ।

सस्थाका अध्यक्ष महानन्द ढकाल त्यस्तै कवि देवकी निरौला, कपिल अन्जान, सन्तोषी बिष्ट, विक्रम शिशिर, बद्री ढकाल लगायत २५ जना कविहरूले आफ्ना रचना वाचन गरेका थिए।

रचना विभागकी संयोजक देवकी निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापा, बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज खत्री, नेता बलराम काफ्लेलगायतको उपस्थित रहेको थियो।

भारतले नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्रको ३७२ वर्गकिलोमिटर भूमी आफ्नो नक्सामा समावेश गरेपछी नेपालमा भारत विरुद्ध आन्दोलान जारी छन्।

ऋषिमन भनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदीको पहिलो कार्यकालमा नेपालमाथी ६ महिने लामो नाकाबन्दी लगाएका थिए। उनी दोस्रोपल्ट प्रधानमन्त्री बनेपछि पाकिस्तान र नेपालसामु झन कडा रूपमा प्रस्तुत भएका छन्।

तस्बिर: राजेन्द्र बिष्ट