विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा्र) ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ। एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो।

विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ।

उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो। एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टीमबाट बर्खास्त गरेको हो।