भारतले कब्जा गरेको नेपाली भूमि अनेरास्ववियूद्वारा फिर्ता



काठमाडौं। इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियू इलामले नेपालको राष्ट्रिय झण्डा गाडेको छ।

आज सनिबार अनेरास्ववियूले भारतीय सिमा सुरक्षा वल ‘एसएसबी’ सँग प्रतिकार गरेर राष्ट्रिय झण्डा गाडेकाे हाे।

केही समय अगाडि गाउपालिकाले निर्माण सुरू गरेको भ्युटावर निर्माण अवरूद्ध गरि भारतले उक्त भूमि कब्जा गरेको थियोे।

सो कब्जा गरेको जमिनमा अनेरास्ववियूले राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सिमा सुरक्षा वल एसएसबीले बल प्रयोग गरेपछि झपड भएको थियो।

झडपमा सिमा सुरक्षाबल एसएसबीका एक जवान घाइते भएका छन्। अनेरास्ववियूका विधार्थीले भारतद्वारा निशेधित क्षेत्र भनिएर लेखिएको वोर्डसमेत फ्याकिदिएका छन। कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराए पछि विधार्थीहरूले नाराजुलुस गरेका थिए।

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमि आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा भारत विरोधी आन्दोलन जारी छ। अनेरास्ववियू केन्द्रीय कमिटीले भारतीय राजदुतावास घेराउ गर्नेदेखि सडक आन्दोलनसम्म गरेको छ।