आलमलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश



काठमाडौं। जिल्ला अदालत रौतहटले मो.अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदसमेत रहेका आलम २०६४ साल चैत २७ गते भएको राजपुर बम विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका थिए। उनलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ। यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभियोग पत्र दर्ता गरेको थियो।

जसमा आलमले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको उल्लेख थियो।