जेबी ओलीले ल्याए नयाँ सांगीतीक कोसेली ‘सम्बन्ध’ (भिडियोसहित)



काठमाडौँ। चर्चित गायक एवं सर्जक जेबी ओलीले नयाँ सांगीतीक कोसेली ‘सम्बन्ध’ जारमा ल्याएका छन्। ओलीले बिगतदेखि अहिलेसम्म थुप्रै गीतहरू बजारमा ल्याइसकेका छन्।

ओलीका ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउनेलगायत गीतधेरै गीतहरू रहेका छन्। बिगतका प्रस्तुतिहरू झैं यस गीतलाई पनि मन पराईदिनु हुनेछ भन्ने उनले आशा गरेका छन्।

प्रस्तुत गीतमा ओलीलाई गायिका पूर्णकला बिसीले स्वरमा साथ दिएकी छिन् भने लय, शब्द जेबिले नै र्सिजना गरेका हुन्। गीतको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतमलाई समझ्दारी प्रेमीको रूपमा उभ्याइएको छ भने उनलाई पुजा पराजुलीले अभिनयमा साथ दिएकी छिन्।