सवारी नियम मिच्नेलाई प्रहरीद्वारा खादा र फूलका गुच्छा



गोरखा। प्रहरी भन्ने वित्तिकै नियमको पालना गराउँने र हिँसा नियन्त्रण गर्ने सरकारी प्रशासन हो। ऐन नियमको पालना नगर्नेहरूलाई कारबाही गर्ने प्रमुख दायित्व प्रहरीसँग हुन्छ। गोरखामा उल्लेखीत अधिकार भएको नेपाल प्रहरीले आज फरक काम गरेको छ।

सवारी चलाउने क्रममा सवारी सञ्चालन सम्बन्धि नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन्। तर, गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएर प्रहरीले सम्मान गरेको छ। आबुखैरेनी-गोरखा सडकखण्डमा जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरू गरेको जनाएको छ।

आज पहिलो दिन भएकाले हामीले नियमानुसार गरेका र नगरेका सबै चालकलाई खादा लगाएर फूल दियौँ, भोलिदेखि भने नियम मिच्ने चालकलाई पहिले खादा लगाइदिन्छौँ अनि थप कारबाही गर्छौँ’ एसपी ओम अधिकारीले भने, ‘नियम पालना गरेर सवारी साधन चलाउनका लागि यो अभियानले प्रेरित गर्छ भन्ने विश्वास लिएका छौँ।’ ट्राफिक नियम पालना नगर्नेलाई व्यङ्ग्यात्मक रूपमा सम्मान गर्ने अभियान सुरू गरिएको उनको भनाइ छ।