नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ


बाँके। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) जाजरकोटका इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ पक्राउ परेका छन्। नेता वलीलाई बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर २ बाट उनलाई नियन्त्रणमा लिएको थियो। सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका नेता कार्यकर्तालाई निरन्तर गिरफ्तार गर्दै आएको छ।

कोहलपुर प्रहरीका अनुसार जिल्ला इन्चार्ज वलीलाई अहिले इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।