तरूणदलको बन्दले बाँकेको जनजीवन प्रभावित



दिपेन्द्र हमाल, 

बाँके। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरूणदलले गरेको बन्दले नेपालगंजमा प्रभाव परेको छ। तरूणदल बाँकेले घोषणा गरेको बन्दको प्रभाव बिहानैदेखि बाँके र बर्दिया गुलरिया रोडसम्म परेको छ।

बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ। सडकमा सार्वजनिक सवारी साधनहरू चलेका छैनन्। त्यस्तै उद्योग, कलकारखाना, शिक्षण संस्थाहरू पनि बन्द भए।

तरूणदलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजङ्ग शाहसहितका ६ जनालाई कोहलपुर प्रहरीले गनापुरबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको थियो।