प्रधानमन्त्रीद्वारा रिमाल र भट्टराई बाहेकको राजीनामा स्वीकृत



काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई बाहेक ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन्।

प्रेश सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत गरेका छन्। राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको हो।

प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सवै ११ सदस्यलाई सामुहिक राजीनामा गर्न लगाएका थिए। तर, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ।

प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्य समेत रहेका रिमाललाई निरन्तरता दिएपछि धेरैले समस्याको जड कायमै राखेर हाँगाविगा काट्दैमा प्रधानमन्त्रीको चाहाना र गति बढ्नेमा शंका व्यक्त गरेका छन्। नेकपाका एक नेता भन्छन्, ‘सचिवालयमा केही पात्र फेरिए पनि प्रवृति नफेरिने देखियो।’