पाटन स्वास्थ्य विज्ञानले माग्यो ६० जना कर्मचारी



काठमाडौँ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको सहमतिमा ६० जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थालने १०औं तहदेखि ३औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

सह–प्राध्यपकका लागि ५ जना, सहायक प्राध्यापकमा लागि १७ जना, सिनियर स्र्टा नर्सका लागि ५ जना, फार्मेसी अधिकृतका लागि २ जना, रेडियोलोजीमा १ जना, पुस्तकालय अधिकृत १ जना, जुनियर स्टाफ नर्स २० जना, रेडियोग्राफ २ जना, सिनियर पुस्तकालय सहायक २ जना, ल्याव असिस्टेन्ट ४ जना र जुनियर लेखा अधिकृत १ जना गरी ६० जना कर्मचार मागेको छ।

आवेदन दिने अन्तिम म्याद मंसिर १९ गतेसम्म र दोब्बर दुस्तुर तिरेर भने २६ गतेसम्म दिन पाउने प्रतिस्ठानले जनाएको छ। परीक्षा दस्तुर लक्ष्मी बैंकमा तिर्नु पर्नें प्रतिष्ठानले जनाएको छ। यसैगरी आवदेन भर्नका लागि ललितपुर लगनखेलको केन्द्रीय कार्यालयमा बुधबार र शनिबार बाहेक अन्य दिन विहान १० बजेदेखि ३ बजेसम्म पुग्नु पर्ने छ।